(सेलिब्रेटी नेपाल) ११ साउन-एकपछि अर्को गरि रंगपत्रकारहरु चलचित्र निर्देशन तिर लाग्न थालेका छन् । आफु रंग पत्रकारितामा रहेर जति अरुको चलचित्रको खण्डन गरिन्छ त्यतिनै आफुले चलचित्र निर्देशन गर्दा अनुभव त पाईन्छ नै तर सफलता मिल्ने हो की असफलता त्यो त दर्शकहरुले देखीरहेकै छन्। सुरेश दर्पण पोखरेल, समिर बलामी, डिनेश डिसी, डब्बु क्षेत्रि, सुव्रत आचार्य, लक्ष्मण सुवेदी आदि लगागतका रंगपत्रकारहरु चलचित्र निर्देशनमा लागेका हुन्।
कमेडी चलचित्र बनाएका सुरेश निर्माता समेत हुन् भने समिरले ईमान्दार, पौरख, हाम्रो भुमि, द फेमस लगायत चलचित्रहरुको निर्देशन गरीसकेका छन्। समिर बलामी फिल्म प्रोडक्शनका निर्माता समेत हुन् जुन व्यानरबाट एक दर्जन चलचित्रहरु बजारमा आईसकेका छन् ।
दिनेश डिसी निर्देशित चलचित्र मायाज वार ठिकै मान्नु पर्छ भने यतिखेर कमेडी चलचित्र छ एकान छ मा उनी व्यस्त छन्। यसैगरि डब्बुले राहदानी निर्देशन गरिसकेका छन् भने, सुव्रतले प्रदिप उदयको चलचित्र अधकट्टी र लक्ष्मणले शोभित बस्नेतको चलचित्र एउटा साथी निर्देशन गर्ने कन्फर्म भईसकेको छ।