राजु सिंहको संगीतमा रवी र मिलनको ’पहरी फुल २’ सार्वजनिक



काठमाडौं । गायिका मिलन नेवार र रवि ओडको स्वरमा ’ पहरी फूल २ ’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा राजु सिंहको संगीत र गिता गिरी शेरचनको शब्द रचना रहेको छ । प्रेमभाव समेटिएको गीतको भिडियोमा पहरि फुलको बारेमा बर्णन गर्दै प्रेमका कोमल शब्दहरुलाई समेटिएको छ । भिडियोमा पुष्प खड्का र बिना राउत फिचर्ड छन्।

पहाडी भेगमा पाइने पहरी फूलको विषयमा आफूले आम दर्शक तथा स्रोता माझमा पुयाउन पाउँदा निकै खुशी लागेको गीतका प्रोडयुसर बसन्त घिमिरेले बताउनुभयो । आफ्नी प्रेमीकालाई गीतमा गायक ढकालले पहाडकी रानी फुलको रुपमा सुन्दरता भरेको पहरी फुललाई चित्रण गरिएको छ ।

प्रेम र रोदनलाई कलात्मक रुपमा गीतमा समेटिएको छ । नवराज खड्काको छायाँकन, बन्दे प्रसादको सम्पादन तथा केशवराज भटटको निर्देशनमा भिडियो तयार गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.