‘आरआरआर’को गीतले जित्यो ओस्कार अवार्ड



एजेन्सी। यस वर्षको सफल साउथ इन्डिया फिल्म ‘आरआरआर’मा समावेश चर्चित गीत ‘नाटू नाटू’ले संसारकै प्रतिष्ठित ओस्कार अवार्ड जितेको छ । सोमबार लस एन्जलिसको डल्बी थिएटरमा भैरहेको ९५औं ओस्कार अवार्डमा उक्त गीतले ‘बेस्ट ओरिजनल सङ’को अवार्ड जितेको हो । ओस्कारको मञ्चमा उक्लिएर गीतका रचनाकार चन्द्रबोस र संगीतकार एमएम कीरवानीले ट्रफी उचालेका थिए ।

ओस्कार अवार्डमा ‘आरआरआर’का निर्देशक एसएस राजामौली, अभिनेताद्वय रामचरण र जूनियर एन्टिआर पनि सहभागी थिए । यसअघि गोल्डेन ग्लोबको ८०औं संस्करणमा पनि ‘नाटू नाटू’ गीतले ‘बेस्ट ओरिजिनल सङ मोसन पिक्चर’को अवार्ड हात पारेको थियो । ओस्कार अवार्डको उत्कृष्ट फिल्मको मनोनयनमा ‘आरआरआर’ पनि अटाएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.