हमालको ‘सपना काठमाडौँको’ पुरा हुने भो


Sapana-kathmanduko

(सेलिब्रेटी नेपाल) १० साउन-डि बि फिल्म्स प्रोडक्सन प्रा लि को ब्यानरमा चलचित्र ‘सपना काठमाडौँको’ बन्ने भएको छ। चलचित्रलाई डि बि हमालले निर्माण गर्न लागेका हुन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र निर्माणको घोसणा गरिएको हो। चलचित्र लाई ‘म को हुँ’ र ‘शुट’ निर्देशन गरि सकेका निर्देशक बिश्वदिप घिमिरेले निर्देशन गर्दै छन्। चलचित्रको सुटिंग अस्ट्रेलिया र अमेरिकामा गरिने भएको जानकारी उक्त कार्यक्रममा गराइयो। चलचित्र ‘सपना काठमाडौँको’मा अधिकांश नयाँ र यस अघि कतै पर्दामा नदेखिएका कलाकार हरुको अभिनय रहने छ। चलचित्रमा क्यामेरा यम आले,नृत्य शिब शर्मा,द्वन्द देव महर्जन,संगीत रमेश खड्काको रहने छ। आउँदो भदौ बाट चलचित्रको सुटिंग सुरु हुने छ।

 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.