महसुश युनिटले स्टिकर टाँस्दै नयाँ महसुश गरे (फोटो फिचर)


Mahasus-aryan-sigdel

(सेलिब्रेटी नेपाल) १० साउन-अहिले नेपाली चलचित्रको बजार खस्किरहेको बेलामा आफ्नो भर पुर् शक्ति प्रमोशनमा खर्ची रहेको चलचित्र ‘महसुश’ले बुधबार नयाँ शैलीको प्रमोशन कार्यक्रम गरेर चर्चा बटुलेको छ। ‘महसुश’ युनिट विहान ११ बजे चलचित्रको तस्बीरसहित सन्देशमुलक नारा लेखिएको पोस्टर टाँस्न नयाँ बसपार्क पुगेको थियो। निर्देशक नवल नेपाल, निर्माता कल्याण घिमिरे,आर्यन सिग्देल, केकी अधिकारी, बेनिशा हमाललगाएतका कलाकारहरु बसपार्कमा पुगेर पोस्टर टाँस्ने कार्य गरेका थिय।

 Mahasus-Benisha-hamal
‘महसुश’ युनिटले टाँसेको पोस्टरमा ‘तिब्र गति जिवनको क्षति’, ‘ट्राफिक नियम पालना गरौं’ जस्ता सन्देश लेखिएको थियो। स्टिकर काठमाडौंभित्र चल्ने तथा बाहिर जाने सवारी साधनमा टाँसिएको थियो । पोस्टर टाँस्ने अभियानमा कलाकारहरुलाई उपस्थित सर्वसाधारणले पनि साथ दिएका थिए। कार्यक्रम नेपाल यातायात मजदुर संघको सहयोगमा गरिएको निर्देशक नेपालले जानकारी दिएका छन। जुन सवारीसाधनमा स्टिकर टाँसिएको हो, सोही सवारीको चालकलाई ‘महसुश’ हेर्दा पाइने छुट कुपन पनि बाँडिएको थियो। चलचित्र साउन ३२ गतेबाट अलनेपाल रिलिज हुँदैछ।
Mahasus-Keki-Adhikari
यस अघि प्रदर्शनमा आएका आर्यन सिग्देलका चलचित्रले दर्शकको मन जित्न नसकेको कारण यो चलचित्र उनका लागि सफल हुनु अत्यन्त आबश्यक छ। यो चलचित्र बाट निर्माण युनिट एकदमै आशाबादी रहेको छ। निर्माता कल्याण घिमिरे तथा निर्देशक नवल निर्देशकको पहिलो चलचित्र श्रीमान सफल भएको चलचित्र हो त्यसै कारण पनि यो चलचित्र हिट हुनेमा सम्पूर्ण युनिट ढुक्क छन्।
Mahasus-Kalyan-Ghimire

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.