‘प्रसाद २’ को ट्रेलर सार्वजनिक



काठमाडौं। चलचित्र ‘प्रसाद २’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रमा विपिन कार्की, केकी अधिकारी र अर्पण थापाको मुख्य भुमिका रहेको छ । चलचित्रको सार्वजनिक ३ मिनेटको ट्रेलरले सामाजिक कथा बोलेको छ।

२०७५ सालमा प्रदर्शनमा आएको सफल चलचित्र ‘प्रसाद’को सिक्वेलको रूपमा बनेको चलचित्र ‘प्रसाद २’ चलचित्र सुदर्शन थापाले निर्देशन गरेका छन् । यसअघि ‘प्रसाद’लाई दिनेश राउतले निर्देशन गरेका थिए । सुशील पौडेलको लेखनमा निर्माण बनेको चलचित्रका प्रस्तुतकर्ता सुभाष थापा रहेका छन् भने निर्मातामा सुदर्शन बस्नेत रहेका छन्। कास्की जिल्लाको आसपास छायांकन गरिएको चलचित्र ‘प्रसाद २’लाई राजेश श्रेष्ठले खिचेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । चलचित्रको बितरण गोपाल कायस्थले गर्दैछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.