पल शाह रिहाई भए



काठमाडौं। उच्च अदालत पोखराले अभिनेता पल शाहलाई सफाइ दिए संगै उनि आज रिहाई भएका छन्। पलले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोगमा दावी नपुग्ने ठहर गर्दै जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि सफाई दिएको हो ।

यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्ब्यवार दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो । उच्च अदालत पोखराले आइतबार पुनरावेदन सुनुवाई गर्दै अभियोग दावी नपुग्ने ठहर गरेको हो ।

बलात्कारको अभियोग दर्ता भएपनि नवलपुर जिल्ला अदालतले बाल यौन दुव्र्यवहारमा दोषी ठहर गरेको थियो । तनहुँ जिल्ला अदालतले भने शाहलाई निर्दोष ठहर गरेको थियो । एउटै व्यक्तिले शाहविरुद्ध दुईवटा जिल्लामा बलात्कारको उजुरी दिएकी थिइन् ।

एक वर्षयता कारागारमा रहेका अभिनेता शाहविरुद्ध प्रहरीमा बलात्कारको उजुरी दिएकी जाहेरवालाले अदालतमा भने उजुरी झुटो भएको बकपत्र गरेकी थिइन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.