दोहोरीगीत प्रतिष्ठानमा पहिलो महिला अध्यक्ष बनिन् रिता



काठमाडौँ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्षमा गायिका रिता थापा मगर निर्विरोध निर्वाचित भएकी छिन् । उनी प्रतिष्ठानको दुई दशकभन्दा लामो इतिहासमा पहिलो महिला अध्यक्ष बनेकी हुन् ।

धादिङ जिल्लामा भएको महाधिवेशनबाट प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा गायक पशुपति शर्मा पनि निर्विरोध निर्वाचित भएका छन् । यसअघि रिता वरिष्ठ उपाध्यक्ष थिइन् भने पशुपति प्रथम उपाध्यक्ष थिए ।

अन्य २६ जना पनि निर्विरोध निर्वाचित भएका छन् । प्रथम उपाध्यक्षमा गायक रामजी खाँण निर्विरोध निर्वाचित भएका छन् । सुवास केसी, दीपक खड्का र राधिका हमाल उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा शिव हमाल निर्विरोध निर्वाचित भएका छन् ।

केन्द्रीय निर्वाचन समितिका अनुसार उपमहासचिवमा हरि डाँगी र शिरीष देवकोटा, कोषाध्यक्षमा अमृत अधिकारी, महिला सचिवमा जमुना राना, लुम्बिनी सचिवमा दिपक गरौजा मगर, सुदूरपश्चिम सचिवमा नविन सिंह धामी, उपत्यका सचिवमा प्रकाश सपूत, कर्णाली सचिवमा उत्तम शर्मा, विदेश सचिवमा रामकृष्ण बम मल्ल, प्रशासनिक सचिवमा जिवन दाहाल, सांगठनिक सचिवमा पिएन सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।

सांगठनिक सहसचिवमा तारानाथ आचार्य, प्रशासनिक सह सचिवमा राजकुमार रायमाझी, विदेश सह सचिवमा दुर्गा पंगेनी, महिला सहसचिवमा सीता राना निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै, महिला सहकोषाध्यक्षमा जुना श्रीस जैकली, मधेश सदस्यमा कृष्ण प्रसाद गौतम, सु.प. सदस्यमा पदम बहादुर धामि, उपत्यका समन्वय सदस्यमा तिलक परियार, कर्णाली सदस्यमा राजकुमार खत्री र बागमती सदस्यमा भरत बाराकोटी निर्विरोध निर्वाचित भएका छन् । आठौं महाधिवेशनले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको आकार बढाएको छ । ५७ बाट कार्यसमितिको संख्या ७५ मा पुगेको छ ।

विभिन्न पदमा मतदानको तयारी हुँदैछ । शुक्रवारदेखि सुरु भएको महाधिवेशन आइतवार सकिँदैछ । प्रतिष्ठानमा २३ हजार ३ सय २२ साधारण सदस्य, २ हजार ७ सय ७३ आजीवन सदस्य, २६ मानार्थ सदस्यसहित २६ हजार जना बढी आवद्ध छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.