अर्जुनको ‘मेसो मिलाएर’मा राज र श्रद्धा (भिडियो)



काठमाडौँ। अर्जुन पोखरेल अर्जुनको संगीतमा ‘मेसो मिलाएर’ बोलको गीत आज सार्वजनिक गरिएको छ । निशान भट्टराई र अस्मिता अधिकारीको स्वरमा समावेश यो गीतमा दिग्गज धौरालीको शब्द छ । गीतले यूवायूवती बिचको प्रेमील वार्तालापलाई प्रस्तुत गरेको छ । सार्वजनिक गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । माइकलले भिडियोलाई गीतको भाव अनुसार नै तयार पारेका छन् ।

भिडियोमा नायक राज कटुवाल र नायिका श्रद्धा क्षेत्रीको प्रेम र रोमान्स हेर्न सकिन्छ । आकर्षक लोकेशनमा माइकलले भिडियोलाई रंगीन बनाएका छन् ।उत्सव दाहालको छायांकन रहेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । भिडियोमा बेगबहादुर क्षेत्री, सुन्दर कार्की र दीपा थापा कार्कीको पनि अभिनय छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.