अश्लिल चलचित्र प्रदर्शनमा बन्देज,निशानामा जियाको रङ वे


jiya-kc-hot-bed-seen
(सेलिब्रेटी नेपाल) ९ साउन-लिम्बूवान राष्ट्रिय चलचित्रकर्मी संघले पूर्वको लिम्वुवान क्षेत्र मेची र कोशीमा अश्लिल नेपाली चलचित्र प्रदर्शनमा बन्देज लगाएको छ । संघले लिम्बुवान क्षेत्रका सबै हललाई यस्ता सिनेमा रोक्नका लागि मंगलबार पत्राचार गरेको हो। एनेकपा माओवादीमा सम्बद्ध लिम्बुवान क्षेत्रका सिनेकर्मीले स्थापना गरेको स्वतन्त्र मोर्चाको रुपमा यो संघ परिचित छ । नेपाली सिनेमामा पछिल्लो समय अश्लिलता भित्रिएको र यस्तो अश्लिलताले चलचित्रसँग सिने उद्योगलाई नै धरासायी तुल्याउँदै आएका यस्ता सिनेमा बन्देज गर्नु परेको संघका अध्यक्ष उदय सुब्बाले बताए।

किन-किन’,’रङ वे’ जस्ता चलचित्रले कला नभई अश्लीलता बेच्ने प्रयास गरेको पनि लिम्बुवान कलाकर्मीले जिकीर गरेका छन। न्युड र भल्गर दृश्य नहटाए यस्ता चलचित्र कुनै हालतमा लिम्बुवान क्षेत्रमा चल्न नदिने चेतावनी दिएका छन।अश्लीलताले पराकाष्ठा नाघेको भन्दै लिम्बुवान चलचित्रकर्मी संघले दिपक श्रेष्ठ निर्देशित ‘रङ वे’को प्रोमो प्रतिबन्ध लगाउने तयारी गरेको छ। यस्ता चलचित्रले सम्पूर्ण सिने नगरीलाई नै दुर्गन्धित बनाउने भएकोले अश्लील चलचित्र निरुत्साहीत गर्न बाध्य भएको संघले जनाएको छ। संघले निर्माता संघ, पत्रकार, चलचित्रकर्मीले अश्लील भनेको सिनेमालाई लिम्बुवान क्षेत्रमा प्रदर्शन गर्न नदिने भएको हो। सुब्बाले’लूट’, ‘चपली हाइट’जस्ता सिनेमालाई प्रदर्शनको अनुमति दिएर सेन्सर बोर्डले अश्लीलता भित्र्याउन सहयोग गरेको आरोप लगाएका छन।
जियाको रङ वे भिडियो हेर्न याँहा क्लिक गर्नुस>>>>>>>>>>>>>>

Copyright © 2012 - 2026 | All Right Reserved.