‘ज्याकी: आइएम ट्वान्टीवान’को फस्टलुक टिजर रिलिज



काठमाडौं। धिरज मगर, जसिता गुरुङ र अरुण क्षेत्री अभिनित चलचित्र ‘ज्याकी: आइएम ट्वान्टीवान’को फस्टलुक टिजर सार्वजनिक गरिएको छ । रेनशा राई राणाले निर्देशन गरेको चलचित्रको फस्टलुकमा धिरजको चरित्र चित्रण गरिएको छ । उनि कुनै स्टेज चढ्नु अघि नृत्य अभ्यास गरिरहेको देख्न सकिन्छ । उनका केहि आकर्षक डान्स मूभपनि भिडियोमा समेटिएको छ । धिरज अनुहारको झलक भने एकपटक मात्र देखाइएको छ । उनि धमाका गर्न गम्भीर देखिन्छन ।

फस्टलुक टिजरमा धिरज बाहेक अन्य कलाकार भने अटाएका छैनन् । आइकोर फिल्म्सको व्यानरमा निर्मित सिनेमा २०८० सालको बैशाख २१ गतेबाट प्रदर्शनमा आउनेछ ।

यस डान्स ड्रामामा प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको निर्माण छ । द वाइल्र्ड रिप्पर्ज क्रुको कोरियोग्राफी रहेको सिनेमामा रोहित शाक्य/कालीप्रसाद बाँस्कोटाको संगीत र सुशन प्रजापतिको छायांकन छ। रेनशाको डेब्यु निर्देशनमा धिरजले ‘इन्टु मिन्टू लण्डनमा’बाट करिअर सुरु गरेका थिए । जुन चलचित्रले व्यवसायिक सफलता हाँसिल गरेको थियो ।