मल्टिस्टारर फिल्म ‘फूलबारी’ आजबाट प्रदर्शनमा



काठमाडौं ।‘कबड्डी’ फ्रेम्ड निर्देशक रामबाबु गुरुङ निर्देशित नयाँ मल्टिस्टारर फिल्म ‘फूलबारी’ आजबाट प्रदर्शनमा आएको छ ।

फ्राइडे रिलिज अन्तर्गत शुक्रवारदेखि प्रदर्शनमा आएको यो पारिवारिक फिल्म हो ।

फिल्ममा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल लगायतका कलाकार मुख्य भूमिकामा छन् । फिल्ममा विपिनले अवकाशप्राप्त शिक्षकको भूमिका निर्वाह गरेका छन् ।

उपेन्द्र सुब्बाको लेखन, कमल किशोर माल्पानीको कथा एवं परिकल्पना रहेको फिल्मको निर्माता मनिष ढकाल हुन् ।

बिहीवार बेलुका राजधानीमा गरिएको प्रिमियरमा फिल्मले राम्रो प्रतिक्रिया पाएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.