नायिका अरुणिमा लम्साल अब चलचित्रमा फर्कदै


arunima a
(सेलिब्रेटी नेपाल) ८ साउन-चार वर्ष अघिकी व्यस्त तथा हिट नायिका अरुणिमा लम्साल पछिल्लो समय फुर्सदमा छिन्। केहि समय अघि आमा बनेकी अरुणिमा छोरी जन्माउँदा केही मोटाएकी थिईन्। छोरी वर्ष दिन पुगेपछि उनी सिनेमामा फर्कने योजना सहित ‘फिट्नेश’मा जुटिन्।यतीबेला आफु चलचित्रको लागि फिट् भएको नायिका लम्सालले बताएकी छिन्। अहिले पनि आफु अरु नायिका भन्दा कम नरहेको यी अभिनेत्रीको कथन छ।यसै वर्षबाट चलचित्र अभिनयमा फर्किएकी उनले केही महिना अघि चलचित्र उर्वशीमा सह अभिनेत्रीको रुपमा काम गरिन्। लामो समयसम्म आफु खाली रहेको अबस्थामा केही गरौं भनेर सह नायिकाको भूमिका स्विकार गरेको उनले बताएकी छिन्।

उर्वसीमा सह नायिकाको काम पाएपछि उनले गत जेठमा अर्को चलचित्र पिपलमा अभिनेत्रीको रुपमा काम गर्ने अबसर पाईन्।यो चलचित्रको हालै मात्र छायाँकन सकिएको छ। चलचित्र उर्वसीले अरुणिमा अझै पनि चलचित्रमा फिट छिन भन्ने जानकारी दर्शकलाई गराउँछ। सोही कारण अतिथि भूमिका भएपनि चलचित्र उर्वसीमा काम गरेको उनले बताएकी छिन्। तर पिपलमा उनी मुख्य भूमिकामा छिन्। हुन त यो चलचित्रमा शुष्मा अधिकारी पनि नायिकाको रुपमा छिन्। अधिकारी भन्दा राम्रो काम अरुणिमाले गरेकी छिन्। निर्माण पक्षका एक सदस्य अनुसार अरुणिमाले पिपलमा निकै राम्रो काम गरेकी छिन्। उनलाई पिपलले चलचित्र उधोगमा फेरी एक पटक स्थापित गर्ने निर्माण पक्षको विश्वास छ, आफु चलचित्रमा फर्किएको जानकारी अरुणिमाले गराएकी छिन्। सिनेमाको लागि आफु ठिक अबस्थमा रहेको र जस्तो भूमिका पनि निर्वाह गर्ने सक्ने पनि उनले बताएकी छिन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.