८८८ करोड कमाउँदै ‘पठान’ ले बनायाे बलिउडमा नयाँ रेकर्ड



एजेन्सी । शाहरुख खान अभिनित पठानले बलिउडमा छोटो समयमा सर्बाधिक कमाउने फिल्मको रेकर्ड राखेको छ । गत जनवरी २५ मा रिलिज भएको पठानले हालसम्म ८८८ करोड कमाएर बलिउड सिनेमा सबैभन्दा तिब्र गतिमा कमाउने फिल्मको रेकर्ड बनाएको एशराज फिल्मसले जनाएको छ ।

उक्त फिल्ममा शाहरुखका साथमा दिपिका पादुकोण, जोन अब्राहम लगायतको भुमिका रहेको छ । बाइकट बलिउड बिरुद्ध लडेर ‘पठान’ले खस्किदै गएको भनिएको बलिउडलाई धेरे ठुलो उद्धार गरेको समिक्षकहरुको भनाई छ ।

पछिल्लो समयमा बलिउडमा समेत दक्षिण भारतीय फिल्महरुले राज गरेको २०२२ लाई शाहरुखको ‘पठान’ले उर्जा दिएको समिक्षकहरुले टिप्पणी गर्दै आएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.