हमालले सुनाए आफ्नै जोक्स,अवार्ड समारोह गोष्ठी जस्तो


Rajesh-Hamal-nfdc
(सेलिब्रेटी नेपाल) ६ साउन-नेपाल चलचित्र कम्पनी लिजमा लियको गोपीकृष्ण मुभिज समुहले आयोजना गरेको अवार्ड समारोहमा ब्यबस्थापनको कमजोरीका कारण उपस्थित बिशिस्ट पाहुना,पत्रकार देखि उपस्थित सम्पूर्ण दिक्क देखिन्थे। ३ घन्टाको भनियको कार्यक्रम साँढे ५ घण्टा सम्म चल्यो। कार्यक्रमको टी भी फिल्मी बाट लाइभ प्रशारण गर्ने व्यवस्था मिलाइएको थियो। कार्यक्रम चलि रहँदा टेलिभिजन हेर्ने विभिन्न व्यक्ति हरुले आफ्नो फेसबुक वालमा हामी घरमा टि भी हेर्ने लाई त यति दिक्क लाग्यो कार्यक्रम हलमा भएका लाई कस्तो लागि रहेको होला भनेर लेखेका थिए। एक वर्षको तयारी भनिए पनि अवार्ड यसको झल्को दिन असमर्थ देखिएको थियो। लामा–लामा अडियो भिज्युल प्रस्तुति तथा अतिथिका रुपमा स्टेजमा गएका व्यक्तित्वहरुले अवार्डको गुणगानमा अनावश्यक समय खर्चिंदा अवार्ड समारोह गोष्ठी जस्तो भएको थियो।

कार्यक्रमको सुरुवाति संचालकको रुपमा महानायक राजेश हमालले कार्यक्रम संचालन गरेका थिय आयोजकको कमजोर ब्यबस्थापनको कारण हमाल कार्यक्रम चलाउंदा हैरान देखिन्थे। ‘मैंले थुप्रै कार्यक्रम चलाई सकेको छु मैंले आज पहिलो पटक कार्यक्रम चलाउंदा जोक्स भन्दै छु’ भनेर हमालले ३ वटा जोक्स सुनाउन भ्याए। राजेश हमालको जोक्स उनि आफैले आफ्नै बारेमा सुनाएका थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.