पाशुपत क्षेत्रमा प्रत्येक साँझ हुने आरतीको प्रत्यक्ष प्रसारण एनएनटिभीमा



काठमाडौँ। पवित्र धार्मिक स्थल पाशुपत क्षेत्रबाट पशुपति आरतीको प्रत्यक्ष प्रसारण दैनिक रुपमा टेलिभिजनबाट गरिने भएको छ। टेलिभिजनकै इतिहासमा पहिलो पटक पाशुपत क्षेत्रमा प्रत्येक साँझ हुने पशुपति आरतीको प्रत्यक्ष प्रसारण नेपाल नेटवर्क टेलिभिजन( एनएनटिभी) बाट हुने भएको छ। आरतीको प्रत्यक्ष प्रसारणले देश तथा बिदेशमा रहेका हिन्दु धर्ममा आस्था राख्नेहरु धेरैको मन जित्नेमा नेपाल नेपाल नेटवर्क टेलिभिजन टिम बिश्वस्त रहेको छ । आगामी आगामी महाशिवरात्रि फागुन ६ गते साँझ ६ बजे देखि प्रत्यक्ष प्रसारण शुभारम्भ हुनेछ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,पशुपति विकास कोष, पशुपति आरती समिती र नेपाल नेटवर्क टेलिभिजनको संयुक्त प्रयासमा आरतीको प्रत्यक्ष प्रसारण हुने भएको हो।

पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको सबै भन्दा ठुलो तिर्थ स्थल मानिन्छ। पशुपति क्षेत्रमा साँझको आरति प्रत्यक्ष पशुपतिमा पुगेर हेर्ने संख्या पनि बाक्लै रहने गरेको छ। आरतीको प्रत्यक्ष प्रसारणको प्रोमो नेपाल नेटवर्क टेलिभिजनबाट सार्वजनिक गरिएको छ।
आरतीको प्रत्यक्ष प्रसारण प्रोमो यस्तो छ

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.