‘सतीदेवी’ बन्दै मलिका



काठमाडौँ । अभिनेत्री मलिका महतको मुख्य भूमिका र लक्ष्मण सुवेदीको निर्देशन रहने चलचित्रको नाम ‘सतीदेवी’ राखिएको छ । निर्देशक सुवेदीले चलचित्र विकास बोर्डमा दर्ता गर्दै चलचित्रको नाम सार्वजनिक गरेका हुन् ।

गोल्डेन स्टेट मुभी केमर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा कृयसनको प्रस्तुति रहेको चलचित्रमा मलिकाको अलवा भोला सापकोटा, कुलदीप अधिकारी र मनीषा सापकोटाको मुख्य भूमिका रहनेछ ।

‘चलचित्रका लागि अझै केही कलाकार छनौटको क्रममा रहेका छन्, सुवेदीले भने, ‘चलचित्रमा मलिका ‘सतीदेवी’को भूमिकामा देखिनेछिन् ।’

आगामी फागुन दोश्रो साताबाट सुटिङ सुरु हुने चलचित्रमा लक्ष्मण स्वयंको कथा, पटकथा तथा संवाद, निर्माण र गीत लेखन रहेको छ । चलचित्रको प्रायः सुटिङ गाउँमा गरेर काठमाडौंमा क्लाइमेक्स खिच्ने तयारीमा लक्ष्मण छन् । ‘एउटा साथी’ बाट निर्देशनमा डेब्यु गरेका रंगपत्रकार सुवेदीको पछिल्लो चलचित्र ‘लालजोडी’ हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.