अनमोल केसी स्टारर चलचित्र ‘छड्के २’ को टिजर सार्वजनिक



काठमाडौं। फागुन १९ बाट सार्वजनिक प्रदर्शनमा आउने अनमोल केसी स्टारर चलचित्र ‘छड्के २’ को टिजर सार्वजनिक गरिएको छ । १.४६ मिनेट लामो टिजरले ग्याङस्टरको कथा भन्छ । मनाङको सुन्दर पठारबाट सुरु भएको टिजर चितवनको फाँटमा सकिएको छ । टिजरमा मुख्य चरित्र चित्रण गरिएको छ । सिनेमाले मनाङको प्राकृतिक स्रोत हत्याउन संघर्ष गर्ने तीन ग्याङको कथा भन्छ ।

रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको लडाइँ टिजरमा देख्न सकिन्छ । ग्रीन ग्याङको नाइकेको रुपमा अनमोल छन् । उनि मेनडगको भूमिकामा छन् । अनमोलको यो पहिलो ग्याङस्टर सिनेमा हो । उनको चरित्र र हुलियाले दर्शकको मन जित्छ ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा तयार सिनेमामा अनमोलसंगै रोविन तामाङ, कमलमणि नेपाल, देवु श्रेष्ठ, सृजना सुब्बा लगायतका कलाकारहरुको अभिनय छ ।

मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको सिनेमामा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी/लोकेश बज्राचार्यको सम्पादन छ ।

निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता रहेका छन् । भने कार्यकारी निर्माणमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।