दयाहाङ र प्रकृतिको ‘बिहे पास’ वैशाख १ मा रिलिज हुने



काठमाडौं । दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘बिहे पास’ आउँदो वर्ष २०८० को वैशाख १ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

निर्माण टिमले बिहीवार चलचित्रको फस्टलुक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । रोहित कट्टेल प्रस्तुतकर्ता रहेको यो चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् ।

रोजन श्रेष्ठ निर्माता, रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको सह निर्मातामा ग्याल्जेन लामा र बालकृष्ण प्राखीन रहेका छन् । चलचित्रमा शिशिर वाङदेल, बुद्धि तामाङ र रबिन्द्र झा लगायतको समेत अभिनय छ ।

मर्रे केर, आकाश बराल र सजन काफ्लेको कथा रहेको चलचित्रको पटकथा र संवाद आकाश बराल र सजन काफ्लेले संयुक्त रुपमा लेखेका हुन् । शिव ढकालको छायाँकन रहेको विवाहको कथामाथि बनेको यस चलचित्रलाई मित्र देव गुरुङले सम्पादन गर्नेछन् ।

दयाहाङ र प्रकृति पहिलो पटक एकसाथ देखिएकाले दर्शकमा यो चलचित्रको पर्खाइ छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.