गुरुङ चलचित्र ‘आफ्नै कर्म’को आइतवार मलेसियामा विशेष प्रदर्शन गरिँदै



काठमाडौं । गुरुङ चलचित्र ‘ह्रोंसै ङ्हो’ अर्थात ‘आफ्नै कर्म’ आइतवार मलेसियामा विशेष प्रदर्शन हुँदैछ ।

नेपाल तमू समाज मलेसियाको आयोजनामा गुरुङ संस्कृतिमा आधारित नेपाली भाषाको यस चलचित्रलाई चाईनीज नयाँ वर्षको उपलक्ष्य पारेर आइतवार (जनवरी २२)का दिन मलेसियाको राजधानी क्वालालम्पुर (केएल)स्थित होटल ओलम्पिकमा विशेष प्रदर्शन गर्न लागेको हो ।

प्रदर्शनको लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल तमू समाज मलेसियाले जनाएको छ । नवज्योति फिल्मस् प्रा.लि.को तेस्रो प्रस्तुति रहेको यस चलचित्रमा जनक गुरूङको कथा पटकथा तथा निर्देशन छ । चलचित्रमा वीरबल घले (विरूप), अनुता गुरूङ, रबिन गुरूङ, आकृति गुरूङ, मन्त्रीजंग गुरूङ आदीले अभिनय गरेका छन् । स्याङजा जिल्लाको सुन्दर कोल्मा गाउँमा छायाङ्कन गरिएको यस चलचित्रले बाध्यताले विदेशिएका आम नेपालीहरूको कथाब्यथा अनि आँशु र हाँसोलाई प्रस्तुत गरेको निर्देशक गुरूङ बताउँछन् ।

गुरूङ संस्कृतिमा भए पनि परदेशमा भएका नेपालीहरू र उनीहरूका परिवारले भोगेका दुःख–सुःखका विषयमा आधारित भएकोले यो चलचित्रको प्रदर्शनको आयोजक बनेर निर्माण पक्षलाई सहयोग गरेको तमु समाज मलेसियाका अध्यक्ष समीर गुरूङले बताए । प्रदर्शनलाई भव्य बनाउन सम्पूर्ण तयारी पूरा भएको बताउँदै उनले चिनियाँ नयाँ वर्ष विदाको दिन भएकोले समय मिलाएर चलचित्र हेर्न समेत अनुरोध गरेका छन् ।

यसपछि मलेसियाका अन्य सहरमा पनि प्रदर्शन गर्ने तयारी रहेको समाजका महासचिव दिल गुरूङले जानकारी दिए । यस चलचित्रको काठमाडांै र पोखरामा यसअघि नै विशेष प्रदर्शन भईसकेको छ । चितवन, गोरखा, लमजुङ र धरानसँगै देश बाहिर यूके, हङकङ र जापानमा पनि प्रदर्शन गर्ने तयारी निर्माण टिमको छ ।

लाल बहादुर गुरुङ, शम्शेर गुरुङ, मन्त्रीजंग गुरूङ, प्रतिमा गुरुङ, जुनू गुरुङ, माया गुरुङ, जमन गुरुङ लगायतले संयुक्त रुपमा चलचित्र निर्माण गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.