लोकगायिका निरा छन्त्यालको निधनमा सोमबार देशभरका दोहोरी साँझ बन्द गरिने



काठमाडौं । आइतवार पोखरामा यती एयरको विमान दुर्घटनामा निधन भएकी लोकदोहोरी गायिका निरा छन्त्यालको निधनमा सोमबार देशभरका दोहोरी साँझहरु बन्द गरिने भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायिका छन्त्यालको निधनमा सोमबार देशभर शोक मनाउने निर्णय गरेको हो । आइतवार बसेको प्रतिष्ठानको आकस्मिक बैठकले सोमबार प्रतिष्ठानका सबै कार्यक्रमहरु रद्ध गर्ने समेत निर्णय गरेको एक विज्ञप्ती जारी गर्दै जानकारी दिइएको छ ।

प्रतिष्ठानका अध्यक्ष रमेश बीजीको अध्यक्षतामा बसेको बैठकले गायिका छन्त्यालको निधनमा केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ । २२ वर्षिया गायिका छन्त्यालको निधनले प्रतिष्ठान शोकमग्न भएको विज्ञप्तीमा उल्लेख छ ।

‘नेपाली लोकदोहोरी गायनको क्षेत्रमा प्रस्तुतिको हिसावले अब्बल, मिलनसार, स्टेज कार्यक्रमहरुमा सुन्दर प्रस्तुति दिएर सबैको मन जित्न सफल गायिका छन्त्यालको निधनले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानलाई अपुरणीय क्षति पुगेको छ’ विज्ञप्तिमा भनिएको छ ।

बागलुङ घर भएकी गायिका छन्त्यालले विष्णु खत्री, नरेश खाती, प्रकाश पराजुली लगायतसँग सहकार्य गरेका गीतहरु आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी थिइन् । उनी लाइभ दोहोरी गायनमा समेत सक्रिय थिइन् ।

एक सांगीतिक कार्यक्रममा सहभागी हुन उनी पोखरा उडेकी थिइन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.