विदेश पढ्न जाने विद्यार्थीहरुका लागि ‘अर्बिट इनरोलमेन्ट प्रा.ली’को सेवा सुरु, नीर शाहले गरे उद्घाटन



काठमाडौं । अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुलाई अध्ययन परामर्शसम्बन्धि सम्पूर्ण सेवा दिने उद्धेश्यले ‘अर्बिट इनरोलमेन्ट प्रा.लि’ले आफ्नो सेवा सुरु गरेको छ । राजधानीको अनामनगरमा संचालनमा आएको ‘अर्बिट इनरोलमेन्ट’को एक कार्यक्रमकाबीच वरिष्ठ चलचित्रकर्मी नीर शाह, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई लगायतले उद्घाटन गरेका हुन् ।

अर्जुनजंग शाही,गायक बिनोद ढकाल,गायक सुमित खड्का,संचारकर्मी जीपी तिमिल्सिना,कलाकार शिशिर भण्डारी, उद्घोषक सुशील नेपाल, मोडल कविता न्यौपाने लगायत पनि उक्त उद्घाटन कार्यक्रममा पुगेर शुभकामना दिएका थिए । अष्ट्रेलियामा एक दशकदेखि संचालनमा रहेको ‘अर्बिट अष्ट्रेलिया ग्रुप’ र नेपालमा ५ वर्षदेखि संचालनमा रहेको ‘गोविन्द एजुकेशन प्रा.ली’लाई मर्ज गरेर ‘अर्बिट इन्रोलमेन्ट’ संचालनमा ल्याईएको जनाईएको छ ।

६ जनाको टिमले ‘अर्बिट इनरोलमेन्ट’ संचालनमा ल्याएको हो । यसको अष्ट्रेलियामा समेत कार्यालय रहेको छ । अष्ट्रेलियामा रोजी पन्त, भानुप्रताप र अमर रसाईली रहेका छन् भने नेपालमा, विज्ञान कंडेल र अजेन्द्र थपलिया संचालकका रुपमा छन् । नेपालमा सम्पूर्ण ब्यबस्थापन जनकदीप पराजुलीले मिलाएका हुन्।

संस्थाको नेपालतर्फका कार्यकारी निर्देशक समेत रहेका विज्ञान कंडेलले विभिन्न १० देशमा जान चाहने विद्यार्थीका लागि आवश्यक सेवा दिने जानकारी दिए । ‘पहिलो प्रायोरिटीमा अष्ट्रेलियामा कार्यालय रहेको हुनाले अष्ट्रेलियालाई राखेका छौं । त्यसपछि यूएसए, क्यानडा, यूके प्रायोरिटीमा राखेका छौं’ उनले भने, –‘यद्यपि, १० वटा देशकै लागि सेवा प्रवाह गर्छौ ।’ उनले विद्यार्थीहरुलाई परामर्श र सुरक्षित गन्तब्यको बाटो देखाउनु आफूहरुको मुख्य उधेश्य रहेको बताए ।