हलमा हरर फिल्म ‘चि मुसी चि’



काठमाडौं । मल्टिस्टारर चलचित्र ‘चि मुसी चि ः इभन डेड डिजायर बिलिङ्गिङ’ शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आएको छ ।

हरर, थ्रिलर र ड्रामा जनरामा राखिएको यस चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान जोशी, राजन खतिवडा, रवीन्द्र झा, गौरव विष्ट लगायतको अभिनय छ ।

चलचित्रलाई मर्ण जेम्स र यश सैनीले संयुक्त निर्देशन गरेका हुन् । उनीहरुकै संयुक्त कथा एवं पटकथा रहेको चलचित्रको प्रस्तुतकर्ता अरुण चक्रवर्ती हुन् । यस चलचित्रमा रिञ्जु केसी र प्रस्तुतकर्ता अरुण चक्रवर्तीको लगानी छ । एकल प्रदर्शनको अवसर पाएको ‘चि मुसी चि’लाई मल्टिप्लेक्स हलहरुले शुक्रबार सुखद् शो दिएका थिए । यद्यपि, शुक्रबारको अकुपेन्सी भने सुखद् देखिएन् ।

शनिबारका लागि पनि चलचित्रले राम्रो शो पाएको छ ।

चलचित्र हेरेका कतिपय दर्शकहरुले यसलाई ‘नेपालमा बनेका हरर चलचित्रमध्ये उत्कृष्ट’ समेत भनेका छन् ।