गोपिकृष्ण हलका प्रबन्धक तिर्थ पौडेल माथी सांघातिक आक्रमण


paudel-gopi (सेलिब्रेटी नेपाल)४ साउन-गोपिकृष्ण हलका प्रबन्धक तिर्थ पौडेल माथी सांघातिक आक्रमण भएको छ। शुक्रबार बिहान साढे १० बजेतिर पुगेका केही युवाहरुले उनलाई आफ्नै कार्यकक्ष भित्र गएर कुटेका थिए । हेलमेट प्रहार गरेपछि तिर्थको टाउको गम्भिर चोट लागेको छ। उनको हाल ओम अस्पतालमा उपचार भइरहेको छ ।

स्रोतका अनुसार गत मगंलबार विना टिकट पाँच युवा हलभित्र पस्न खोजेपछि प्रशासनले पुलिस लगाई थुनामा राखेको थियो। केही समयपछि रिहा भएका तीनै युवाले साथीहरु ल्याएर बदला लिन पौडेलमाथि आक्रमण गरेको बताइएको छ। आक्रमणकारीले पौडेलको कार्यकक्षमा पुगेर हेलमेटले टाउकोमा प्रहार गर्नुको साथै कुटपिट र लछारपछार समेत गरेका थिए। घटना पछि गोपी कृष्ण हलमा सुरक्षा व्यवस्था कडा पारीयको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.