‘आँधि तुफान २’माघ २७ मा प्रदर्शनमा आउने



काठमाडौं। चलचित्र ‘आँधी तुफान २’ गत साउन २० गतेबाट प्रदर्शनमा आउने सम्पुर्ण तयारी भैसकेको थियो तर अन्तिम समयमा आएर पोस्टपोन्ड भयो । अब यो चलचित्रको नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माता तथा लेखक मौनता श्रेष्ठले आगामी माघ २७ गतेबाट सिनेमा प्रदर्शनमा आउने जानकारी दिए ।

वितरक कम्पनी आरआर फिल्म्ससँग छलफल गर्दै यो मितिमा प्रदर्शन गर्ने सहमति भएको उनले बताए । चेलिबेटी बेचबिखन गर्ने गिरोहलाई समात्ने सिक्रेट मिशनमा रहेका तीन महिला पात्रको कथामाथि सिनेमा निर्माण गरिएको छ । मदन घिमिरेको निर्देशनमा बनेको चलचित्रमा संजय खतिवडा,आरती आचार्य, सोनी बिसी र याङ्शु श्रेष्ठ, रवी गिरी, पुस्कर राउत, सन्जीत भण्डारी, विन्दिया ठकुरी, रुपा केसी, ऋचा थापा, चक्र राई, , कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, मुकेश कपाली लगायतको अभिनय छ ।

चलचित्रमा रामशरण उप्रतीको छायांकन, कमल राई र अभि वाग्लेको गीतमा कोरियोग्राफी, अचुत गजुरेलको भिएफएक्स, सुरेश अधिकारी र विक्रम थापाको संगीत, हरी उप्रती र दीपेन्द्र खड्काको गीत रचना, प्रेम चुल्ठेको द्वन्द्व निर्देशन, विनुसा राई र अर्जुन लिम्बुको गायन छ भने मन्दिल श्रेष्ठले सम्पादन गरेका हुन् ।