बन्ने भो साईको,संयम बनेनन् किशोर बने साईको


psycho first(सेलिब्रेटी नेपाल) ४ साउन-बलामी फिल्म्सको ब्यानरमा संचारकर्मी एबम रंग पत्रकार प्रणप सुबेदीले निर्माण गर्न लागेको चलचित्र ‘साईको’ को लागी नायक संयम पुरीले समय दिन नभ्याउने भने पछि निर्माण युनिटले नायक किशोर खतिवडालाई लियको छ। यस चलचित्रका लागि निर्माण पक्षले पहिले नायक संयम पुरीलाई लिने चाहना राखेको थियो। यस बिषयमा संयम सँग सम्पर्क गर्दा आफु अहिले पढाइमा नै समय दिने र अबको आफु अभिनित चलचित्र सुरज सुब्बा निर्देशित टेन्डर हुने जानकारी दिए। संयमले समय दिन सक्दिन भने पछि निर्माण युनिटले नायक किशोर खतिवडा लाई चलचित्रमा अनुबन्धित गरेको हो ।

यस चलचित्रमा नायकको रुपमा किशोर खतिवडा र आरुष गुरुङ लाई अनुबन्धित गरिएको छ । साथै चलचित्रको लागि नायिकामा भने सुरवि जैन विष्ट र नम्रता श्रेष्ठ मध्ये एक लाई लिने निर्देशक समिर बलामी बताउँछन्।

यस चलचित्रमा टंक बुढाथोकीको संगीत, रोशन श्रेष्ठको द्धन्द, कविराज गहतराजको नृत्य, निरज कंडेलको छांयाकन रहने भएको छ । चलचित्र साईको लाई पोखरा लगायत काठमाडौका केहि स्थानमा छायांकन गरिने भएको छ। आगामी मंगलवार बाट चलचित्रको छायांकन शुरु हुने भएको छ। चलचित्रमा मिथीला शर्मा, प्रचात बलामी र डिनेश डिसीको पनि अभिनय रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.