चलचित्र संघले लियो बोर्डविरुद्धको आन्दोलन फिर्ता



काठमाडौं । चलचित्र विकास बोर्डविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको चलचित्र संघले आन्दोलन फिर्ता लिएको छ । बोर्डले आफ्ना मागमा केही लचिलो भएको भन्दै मंगलबार बसेको संघको बैठकले आन्दोलन फिर्ता लिने निर्णय गरेको हो ।

‘बोर्डको निर्णय स्वागत गर्दै हामीले आन्दोलन फिर्ता लिएका छौ’ संघका उपाध्यक्ष गोपालकाजी कायस्थले भने, ‘हाम्रा बाँकी रहेका माग पनि बिस्तारै मिल्छ ।’

बोर्डले विदेशी चलचित्र सेन्सर गर्ने समय ७ दिनबाट घटाएर ४ दिनमा झारेको छ । रातिको ११ बजेपछि चलचित्र चलाउने भए बोर्डलाई जानकारी गराए मात्रै पुग्ने बोर्डले निर्णय गरेको छ । बोर्डका यी निर्णयपछि संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो । चलचित्र संघले गत साता राजधानीमा एक राष्ट्रिय भेला आयोजना गरेर बोर्डविरुद्ध विभिन्न कार्यक्रम घोषणा गरेको थियो ।

बोर्डले सल्लाहकार नियुक्त गर्दा चलचित्र संघलाई नसमेटेको गुनासो गर्दै असन्तुष्ट बनेपछि संघका तर्फबाट बोर्डले मंगलबारै संघका द्वितिय उपाध्यक्ष गोपालकाजी कायस्थलाई सल्लाहकारमा नियुक्त गरेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.