बाल गायक सचिन परियारको स्वास्थ्यमा सुधार आएको हो ?



काठमाडौं । गम्भीर बिरामी भएपछि अस्पताल भर्ना गरिएका बाल कलाकार सचिन परियारको स्वास्थ्यमा क्रमश रुपमा सुधार आएको छ ।

उनीसँग निकट रहेका सञ्चारकर्मी मोहन बस्नेतले सचिनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको जानकारी दिएका छन् । उनले आईसीयूबाट सचिनलाई जनरल वार्डमा सारिएको समेत जानकारी दिएका छन् ।

अचानक हात गोडा चल्न छाडेपछि सचिनलाई केही दिनअघि टिचिङ अस्पतालमा भर्ना गरिएको थियो । काठमाडौंको एउटा निजी स्कुलमा बसेर पढिरहेका सचिन अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको थियो । छोरो बिरामी भएसँगै पोखरामा रहेकी आमा काठमाडौं आएर छोराको उपचारमा खटिएकी छिन् । उनले छोराको उपचारका लागि आफूसँगै पैसा नभएको भन्दै सहयोग गर्दै अनुरोध गरेकी थिइन् । त्योसँगै उनको उपचारका लागि थुप्रैले आर्थिक सहयोग गरेका छन् ।

भाइरल बाल कलाकार सचिनले केही लोकदोहोरी गीत गाउनुका साथै थुप्रै भिडियो एवं टेलिसिरियलमा समेत अभिनय गरेका छन् । अभिनेता राजेश हमालसँग समेत म्युजिक भिडियोमा अभिनय गरेका उनी एकतामा मेला महोत्सवमा समेत खोजिन्थे । उनका भिडियोले युट्युबमा लाखौं भ्युज पाउँदै आएका थिए । पछिल्लो दुई वर्षयता भने उनी गुमनामजस्तै थिए ।