करिष्मा मानन्धर र धिरेन शाक्य एकसाथ भिडियोमा



काठमाडौँ। अभिनेत्री करिष्मा मानन्धर र अभिनेता धिरेन शाक्यले लामो समय पछि एकसाथ स्क्रिन सेयर गरेका छन। ‘भोलि भन्ने नआउला कतै’ बोलको गीत मार्फत उनिहरुले पुन: सहकार्य गरेका हुन्। थोप्देन भुटिया र रानी शाक्यको आवाज रहेको गीतमा करिष्मा र धिरेन रोमान्टिक बनेका छन। पुरन गिरीको शब्द, दिवश गुरूङको संगीत, ड्यानिएल गडालको एरेन्ज रहेको गीतलाई गायिका रानी शाक्यको अफिसियल युटुव च्यानलमा हेर्न सकिन्छ।

गीतको भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका हुन् भने अर्जुन तिवारी (एम बि ए फिल्म्स)ले खिचेका हुन्। भिडियोलाई सुरेन्द्र बसेलले कोरोयोग्रफी गरेका हुन्। भिडियोमा जयराम बर्मा र स्विटी तामाङ्गको पनि अभिनय रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.