प्रेम कथामा निर्माण भएको ‘गुञ्जन’ को ट्रेलर सार्वजनिक



काठमाडौँ । आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउँने चलचित्र ‘गुञ्जन’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा लभ संगै एक्सन पनि समाबेश छ। एक मिनेट ४५ सेकेन्डको ट्रेलर निकै आकर्षक छ । ट्रेलरमा फिल्मका तीन मुख्य कलाकार सारा सिर्पाली, प्रितमराज सेन्चुरी र कबिर खड्कालाई देख्न सकिन्छ ।

अष्ट महर्जनको निर्देशन रहेको चलचित्रमा सारा सिर्पाली, प्रितमराज सेन्चुरी,सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय छ । विगत २ दशक देखि चलचित्रको द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनको यो निर्देशन डेब्यु चलचित्र हो । प्रितमराजले पनि यसै चलचित्रबाट अभिनयमा डेब्यु गरेका हुन् ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । विशुद्ध प्रेमकथामा निर्माण भएको फिल्मको वितरण काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीले गर्दैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.