‘गोर्खा वारियर’को टिजर सार्वजनिक, दिन्छ हलिउड फिल्मको झल्को



मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारियर’को टिजर सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमकाबीच निर्माण टिमको उपस्थितिमा फिल्मको आकर्षक टिजर सार्वजनिक गरियो ।

सार्वजनिक टिजरले सन् १९४९ मा भएको मलाय युद्धमा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीको कथालाई प्रस्तुत गर्छ । एक्सन दृश्यले परिपूर्ण टिजरले हलिउड फिल्मको झल्को दिन्छ । छायाँकन, भिएफएक्स, ब्याकग्राउण्ड स्कोर निकै बलियो लाग्छ ।

नेपालीसहित हिन्दी र अंग्रेजी भाषामा विश्वव्यापी प्रदर्शनमा आउने फिल्ममा विजय लामा, रितेश चाम्स, रेविका गुरुङ, रेअर राई, कविता आले, सुरज तमु, बिरबल घले,भुवन सिंह राई, त्रिचु राई, दिग्गज खत्री, सरोज खालिङ, आरुष सारु मगर, आशिष गुरुङ लगायतको अभिनय छ ।

फिल्मको आगामी जुनमा लण्डनमा १० हजार दर्शकको उपस्थितिमा प्रिमियर गरिने निर्देशक चाम्सले जानकारी दिएका छन् । गोर्खाली इतिहासबारे जानकारी दिन फिल्म निर्माण गरेको उनको भनाई छ । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्मित यस फिल्मको निर्माता सुस्मिता वाइवा र सुमन राई हुन् । सुरेश राई सह निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा प्रशान्त थापा र राजेन्द्र घिमिरे छन् ।

सार्वजनिक टिजरलाई युट्युबमा दर्शकहरुले एकदमै राम्रो प्रतिक्रिया दिइरहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.