मेरो भाई सँग दुई मुटु एक धड्कन


my-brother-nepali-movie
(सेलिब्रेटी नेपाल) ४ साउन-नेपाली चलचित्रको व्यापार खस्किरहेको अवस्थामा आज शुक्रबारबाट पनि दुई नयाँ चलचित्र रिलिज भएका छन। शुक्रबार रिलिजको अवसर पाएका चलचित्र हुन्,’दुई मुटु एक धड्कन’ र ‘माई ब्रदर। जसमध्ये ‘माई ब्रदर’ मोफसलमा प्रदर्शन भएको लामो समयपछि उपत्यका भित्रीएको हो।

‘दुई मुटु एक धड्कन’ पूर्ण रुपमा प्रेम कथामा आधारित रहेको छ। विश्व नेपालको लगानी रहेको यो चलचित्रले क्यु सिष्टमको कारण निर्माण सम्पन्न भएको लामो समयपछि रिलिजको मौका पाएको हो। राजेन्द्र कुमार थापाले निर्देशन गरेको चलचित्रमा पूजना प्रधान,शिव आचार्य, धिरेन शाक्य, रोहित कुमार र विभूती पौडेल मुख्य भूमिकामा देखीएका छन। ‘दुई मुटु एक धड्कन’मा विकास चौधरीको संगीत, श्याम रायमाझीको सिनेम्याटोग्राफी र मनोज हमालको कोरियोग्राफी रहेको छ।

चलचित्र ‘माई ब्रदर’लाई बिष्णु भट्टराईले निर्देशन गरेका हुन। भट्टराईकै लेखन रहेको चलचित्र पारिवारिक प्रेम कथामा केन्द्रीत छ। यो फिल्मलाई अबिरल फिल्मसको व्यानरमा सरु भट्टराई र मैनादेवी भण्डारीले संयुक्त रुपमा निर्माण गरेका हुन। जसमा सुमिना घिमिरे, लक्की दीपक, रमेश बुढाथोकी, विमला गिरी, अन्जु थापालगाएतका कलाकार मुख्य भूमिकामा देखिएका छन। चलचित्रका गीतहरुमा तारा प्रकाश लिम्बु, बिपिन आचार्य र तिलकले संगीत दिएका छन भने कविराज गहतराजको कोरियोग्राफी रहेको छ। करिब ४० लाख रुपैयामा तयार भएको यस चलचित्रलाई बिरेन्द्र भट्टले खिचेका हुन।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.