छायाँकनरत ‘प्रसाद २’ बैशाख १ मा रिलिज हुने !



फागुनपछि नेपाली चलचित्रको ठूलो भीडन्त नयाँ वर्षमा हुने देखिएको छ । आउँदो बैशाख १ गतेका लागि केही ठूला चलचित्रहरुले प्रदर्शन मिति घोषणा गरिसकेका छन् ।

‘भगवत गीता’, ‘बिहेपास’, ‘नाइँ नभन्नू ल ६’ र ‘जारी’ले उक्त मिति घोषणा गरिसकेका छन् । यसैबीच छायाँकनरत चलचित्र ‘प्रसाद २’ पनि बैशाख १ मा प्रदर्शनमा ल्याउनेबारे निर्माण टिम छलफलमा छ ।

स्रोतका अनुसार निर्माताले नयाँ वर्षको अवसर पारेर चलचित्र प्रदर्शनमा आउने योजना बुनेका छन् । त्यहीअनुसार सम्बन्धित पक्षसँग छलफल भइरहेको छ ।

यदि ‘प्रसाद २’ले बैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गरेको खण्डमा चलचित्रहरुबीचको भीड्न्त निकै रोचक हुनेछ ।

कास्कीको माछापुच्छे« गाउँपालिकामा छायाँकन भइरहेको ‘प्रसाद २’मा विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा छन् । सुदर्शन थापाले चलचित्रको निर्देशन गरिरहेका छन् ।
सुदर्शन बस्नेत निर्माता र सुवास थापा प्रस्तुतकर्ता रहेको चलचित्रमा अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी लगायतको समेत अभिनय रहनेछ । चलचित्रलाई सुशिल पौडेलले लेखेका हुन् ।