‘तिम्रो मेरो साथ’ ट्रेलर सार्वजनिक,पुष्पसंग साम्राज्ञीको प्रेम र द्वन्द



काठमाडौं। साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर चलचित्र ‘तिम्रो मेरो साथ’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। रमेश एमके पौडेलको निर्देशन एवं निर्माण रहेको चलचित्रको ट्रेलरले प्रेम, धोका र वदलाको भाव बोल्छ ।

सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको चलचित्रमा पुष्प, साम्राज्ञी र इमिलीसंगै सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसी लगायतका कलाकारहरुको अभिनय छ ।

सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा बनेको चलचित्रमा शिव ढकालको छायांकन, सुवाष भुषाल र योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

पुष २९ देखि देशव्यापी प्रदर्शनमा आउने चलचित्रमा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको छ । चलचित्रको सहनिर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् ।