डिसेम्बर फल्स : टिजरदेखि गीत-ट्रेलरसम्मलाई राम्रो साथ, दर्शक तान्ने विश्वास



काठमाडौं । पोष्टरदेखि नै दर्शकको ध्यान तान्न सफल फिल्म हो, ‘डिसेम्बर फल्स’ ।

टिजर र फिल्ममा समावेश ‘फकाउनै जानिनँ’ गीतले पनि फिल्मप्रति दर्शकको ध्यान तानिसकेको छ । पुस १५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्ममा आर्यन सिग्देल र उपासना सिंह ठकुरी मुख्य भूमिकामा छिन् । यतिबेला भने फिल्मको ट्रेलरलाई लिएर दर्शकहरुले एकदमै सकारात्मक प्रतिक्रियाहरु दिइरहेका छन् ।

सोमबार साँझसम्म झण्डै ३ लाख भ्युज पाएको ट्रेलरलाई दर्शकहरुले ‘उत्कृष्ट’ भनेका छन् । कतिपय दर्शकहरुले उपासनाको सुन्दरताको वर्णन गरेका छन् भने कतिपयले आर्यनको अभिनयको तारिफ गरेका छन् । फिल्म हेर्न एकदमै आतूर रहेको प्रतिक्रिया समेत थुप्रै दर्शकले दिएका छन् ।

जे होस् फिल्मले प्रचार सामाग्रीहरुमा सुरुदेखि नै एकदमै राम्रो प्रतिक्रिया पाईरहेको छ । दर्शक प्रतिक्रियाबाट निर्माण टिम समेत आशावादी देखिएको छ । फिल्मले दर्शकको राम्रो साथ पाउने अपेक्षा निर्माण टिममा छ । आर्यन र उपासनासहित कलाकारहरु समेत एकदमै आशावादी छन् ।

लभस्टोरी र एक्सन जनरामा निर्माण भएको फिल्मलाई प्रविण झाले निर्देशन गरेका हुन् । फिल्ममा आर्यन र उपासनाका साथमा सलोन बस्नेत, शिवहरी पौड्याल, नागेन्द्र रिजाल, नरेश भट्टराई लगायतको पनि अभिनय छ । विपिका खनालको कथा, केदार भुसाल र प्रतिक पौडेलको पटकथा एवं संवाद रहेको फिल्ममा रामप्रसाद रिजाल प्रस्तुतकर्ता एवं निर्माता छन् । राज कुमार भट्ट पनि निर्माता रहेको फिल्ममा लक्ष्मण रिजाल र असिम काफ्ले कार्यकारी निर्माता छन् ।