नेपाली फिल्म हिन्दीमा डब : ‘वीर विक्रम २’पछि युट्युबमा रिलिज भयो ‘सुश्री सम्पत्ति’



काठमाडौं । चार वर्षअघि हलमा प्रदर्शनमा आएको नेपाली चलचित्र ‘सुश्री सम्पत्ति’ हिन्दीमा डब गरेर युट्युबमा सार्वजनिक गरिएको छ ।

सुव्रतराज आचार्यको लेखन एवं निर्देशन रहेको यो चलचित्रमा सलोन बस्नेत, सारा सिर्पाइली, विनोद न्यौपाने, प्रमोद अग्रहरी लगायतको अभिनय छ । चलचित्रको नेपाली संस्करण भने तीन वर्षअघि नै युट्युबमा आइसकेको छ ।

केही साताअघि ‘वीर विक्रम २’को हिन्दी सँस्करण युट्युबमा सार्वजनिक गरिएको थियो ।

पछिल्लो समय नेपाली चलचित्रहरू धमाधम हिन्दीमा डब हुन थालेका छन् ।

‘प्रेम गीत ३’ हिन्दीमा डब भएर विश्वव्यापी रुपमा प्रदर्शनमा आएपनि अन्य चलचित्रहरु भने युट्युबमा मात्र सार्वजनिक भइरहेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.