‘हात्तीछाप’मा दयाहाङपछि सौगात मल्ल अनुबन्धित



काठमाडौं । यसवर्षको सफल चलचित्र ‘दुई नम्बरी’का निर्माता किरण नेपालीको नयाँ चलचित्र ‘हात्तीछाप’को मुख्य भूमिकामा दयाहाङ राई र सौगात मल्ल रहने भएका छन् ।

केही दिनअघि दयाहाङलाई अनुबन्ध गरेको निर्माण टिमले आइतबार सौगातसँग लिखित सम्झौता गरेको छ ।

दयाहाङ र सौगात निर्माता नेपालीको पछिल्लो चलचित्र ‘दुई नम्बरी’मा मुख्य भूमिकामा थिए ।

निर्माता नेपालीका अनुसार ‘हात्तीछाप’मा दयाहाङ र सौगातको समानान्तर भूमिका रहनेछ । बाँकी कलाकारहरु पनि चाँडै फाइनल गरिने उनले जानकारी दिएका छन् ।

सिमोस सुनुवारले निर्देशन गर्ने चलचित्रलाई प्रदीप भारद्वाजले लेखेका हुन् ।

चैतदेखि चलचित्रको छायांकन सुरु गर्ने तयारी छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.