सुनील मास्केको संगीत शिवको स्वरमा ‘मस्ती मस्ती’सार्वजनिक


काठमाडौँ। गायक शिव परियारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘मस्ती मस्ती’बोलको गीतमा शब्द बिरेन्द्र पाठकको र संगीत सुनील मास्केको रहेको छ।

युकेमा छायाँकन गरिएको भिडियो रोमान्टिक बनेको छ। कुशल श्रेष्ठको निर्देशन छायाँकन र सम्पादन रहेको भिडियोमा दुनिया राउत र प्रसेन बिस्ट फिचर्ड छन्। भिडियो इनफोकस नामक यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।