‘हात्तीछाप’ मा दयाहाङ राई अनुबन्धित



काठमाडौँ। किरण नेपालीको निर्माणमा तयार हुन लागेको सामाजिक कथावस्तुको चलचित्र ‘हात्तीछाप’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् । दयासँग निर्माण पक्षले बिहिबार कागजी संझौता गरेको छ ।

यो चलचित्रलाई सिमोस सुनवारले निर्देशन गर्दैछन् । चलचित्रका लागि अन्य कलाकार फाइनल गरिएको छैन । प्रदीप भारद्धाजको कथा मन पराएपछि ‘२ नम्बरी’का निर्माता किरणले ‘पोई पर्यो बुढो’लाई पोष्टपोन्ड गर्दै यो कथामा चलचित्र बनाउन लागेका हुन् ।

दयाले किरणसँग चलचित्र ‘२ नम्बरी’मा सहकार्य गरेका थिए । यो चलचित्र बक्स अफिसमा सफल भएको थियो । सामाजिक कथावस्तुमा निर्माण हुने फिल्मको छायांकन चैत्रबाट सुरु गर्ने योजनामा निर्माणपक्ष छ ।