काली रेखाको स्लोली स्लोली सार्बजनिक (भिडियो)


(सेलिब्रेटी नेपाल) ३ साउन-नायिका रेखा थापाले निर्माण गरेको चलचित्र ‘काली’को गीत सार्वजनिक गरिएको छ । ‘स्लोली स्लोली…’ बोलको गीतलाई बसन्त सापकोटाले संगीत दिएका छन् ।प्रल्हाद तिमल्सिना र मिलन अमात्यको स्वर रहेको यस गीतमा शब्द रचना अमृता नेपालको छ । कविराज गहतराजले नृत्य निर्देशन गरेको यस गीतमा कालीका मुख्य पात्र नायिका रेखा थापा र नायक किशोर खतिवडा लाई देख्न सकिन्छ। यो गीतको छायाँकन विरगञ्जमा गरिएको हो।
kaali-rekha
नारी प्रधान चलचित्र ‘काली’ लाई सविर श्रेष्ठले निर्देशन गरेका हुन्। चलचित्रको हाल सम्पादन कार्य भई रहेको छ। रेखाले आफ्नी आमा सरस्वती थापाको नाममा निर्माण गरेको यो चलचित्र आउँदो असोज २५ (फुलपाती) को दिनबाट काठमाण्डौ तथा मोफसलका हलबाट एकसाथ प्रदर्शनमा आउनेछ। सोही मितिमा रेखाका पूर्व पति छविराज ओझाले निर्माण गरेको चलचित्र ‘लोफर’ पनि प्रर्दशन हुनेछ

Copyright © 2012 - 2026 | All Right Reserved.