दृश्यम–२ ले पार गर्यो २०० करोडको आँकडा


एजेन्सी। दृश्यम–२ ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । यो फिल्मअजय देवगनको २०० करोड क्लबमा सामेल हुने तेस्रो फिल्म बनेको छ ।

चौथो हप्तामा आउँदै गरेको फिल्मले २०३.५९ करोड भारु कमाएको छ । यसअघि २०२० मा अजयको फिल्म ‘ताना जी द अनसंग वारियर’ले २७९.५५ करोड र २०१७ मा ’गोलमाल अगेन’ले २०५.६९ करोड कलेक्सन गरेको थियो ।
करिब ६० करोडको बजेटमा बनेको यो फिल्म अजय देवगनको करियरको दोस्रो ठुलो ब्लकबस्टर बन्ने बाटोमा छ ।

फिल्मको पछिल्लो जानकारी शेयर गर्दै ट्रेड एनालिस्ट तरण आदर्शले लेखेका छन्, ‘दृश्यम–२ २०० करोड क्लबमा सामेल भएको छ । दोहोरो शतक प्रहार गर्ने अजय देवगनको तेस्रो फिल्म हो । दृश्यम२ ले रिलिजको २३ औं दिनमा २०० करोडको आँकडा पार गरेको छ । विशेष कुरा के छ भने यो फिल्म कुनै पनि बिदामा रिलिज भएको छैन । नयाँ फिल्म रिलिज भए पनि दृश्यम २ को कमाईमा खासै फरक परेको छैन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.