शान्ति श्री र टेकको ‘माछी लेउमा’ सार्वजनिक (भिडियो)


काठमाडौं । गायिका शान्ति श्री परियार र गायक टेक अधिकारीको स्वर रहेको नयाँ गीत ‘माछी लेउमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा सृजना खत्री‘हाउडे माया’को शब्द रहेको छ भने गायक अधिकारीकै संगीत रहेको छ । रेशम प्रधानले संगीत संयोजन गरेको गीतको भिडियो युवराज खत्रीले निर्देशन गरेका छन्।

तको भिडियो सुजन श्रेष्ठले खिचेका हुन्, भिडियोमा अम्बिका तामाङ, टेक अधिकारी , राजु भुजेल , माया मम ठकुरी, सीता तिमल्सिना र सौगातजंग थापाको अभिनय रहेको छ । भिडियोको सम्पादन पनि निर्देशक खत्रीले नै गरेका छन् । यो गीतको भिडियोलाई टेक अधिकारीको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।