राजकुमार राईको ‘सोल अफ द कमान्डो’ प्रदर्शनमा



काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट चलचित्र ‘सोल अफ द कमान्डो’ रिलिज भएको छ। चलचित्रमा मुख्य अभिनेता राजकुमार राई रहेका छन् । राजकुमार राईको २४ वर्ष पछि चलचित्र ‘सोल अफ द कमान्डो’ बाट अभिनय क्षेत्रमा पुनरागमन भएको छ। उनले सन् १९९८ मा नेपाली फिल्म ‘कमाण्डो’ मा मुख्य भुमिकाको रुपमा काम गरेका थिए। अहिले पनि उनलाई मुख्य भुमिकामा नै देख्न सकिन्छ।

मिलन राइको कथा र सनम जेबीआर रानाको स्क्रिप्ट रहेको चलचित्र ’सोल अफ द कमान्डो’ मा शिशिर वाङ्ग्देल,नरेन खड्का,शेषुका राई,मिलन राई,रवि थापा,रुपेश झा,पुष्प श्रेष्ठ,सीमा राई,नरेन्द्र लिम्बु,पूर्ण लिम्बु,कमला खापुङ्ग लिम्बु,सुष्मिता लिम्बु,एन्जल राई,टिका राम ठकुरी,सोनीका राईको पनि मुख्य भूमिका रहेको छ।

चलचित्र निर्देशन युवराज (वीरबहादुर) राईले गरेका हुन् भने कार्यकारी निर्माता विजय एल राई हुन्। सिलिचुङ फिल्म प्राइभेट लिमिटेडले निर्माण गरेको चलचित्रको निर्मातामा मिलन राई,रवि थापा र धन लिम्बू रहेका छन्। चलचित्रका गीतमा आनन्द राई र सन्तोष दुमी राइको संगीत रहेको छ।

चलचित्रमा छायांकन दिर्घ गुरुङको,सम्पादन नहकुल खड्काको,भिएफ़एक्स सत्यमा राना,कलर जीवन थापा,ट्रेलर बन्दे प्रसाद,बाबु श्रेष्ठको ब्याकग्राउण्ड म्युजिक,सिमोन राजबंशीको कोरियोग्राफी,द्वन्द्व निर्देशन एनबी महर्जन र सानु कुमार महर्जनको रहेको छ। प्रोडक्सन मेनेजर विमल धमला र सीमा राईले गरेका हुन्। चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

आज नै अर्को चलचित्र ‘डेसान’ पनि प्रदर्शनमा आएको छ। कमल एक्चै मगर निर्देशीत चलचित्रमा भोला सापकोटा,नम्रता सापकोटा,निशान चौहान,पुनम थापा,कविता आले,आरुषजंग सारु,मलिका बस्नेत,प्रमीशा सारुमगरलगायतको अभिनय छ । पर्फमिङ आर्ट कृएसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्मको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो । चक्रबहादुर महर्जनले खिचेको फिल्ममा हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा प्रताप दास र प्रबिशा अधिकारीको स्वर तथा अजय स्याङतेनको कोरियोग्राफी छ । मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मको बितरण एफडि,जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दैछ ।