आर्यनको फ्लप चलचित्रहरुको लिस्टमा नयाँ रेकर्ड


aryan sigdel cbn(सेलिब्रेटी नेपाल) २ साउन-नायक आर्यन सिग्देलको एक समय निकै क्रेज थियो। तर अहिले उनको क्रेज निकै घटेको छ। सिग्देलले अभिनय गरेका चलचित्र एकपछि अर्को असफल भएपछि उनको चलचित्रको क्रेज घट्दै गएको हो।उनले अभिनय गरेको दुई चलचित्र ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘धूवा यो नशा’ असफल भए। गत वर्ष उनले अभिनय गरेको अर्को चलचित्र ‘कलिउड’ पनि दर्शकमाझ आयो तर कलिउडले पनि बक्स अफिसमा कुनै चमत्कार देखाउन सकेन। यसरी एकपछि अर्को फ्लप चलचित्र दिदै आर्यनले नयाँ रेकर्ड बनाउँदै छन्।

यसपछि छानेर चलचित्र खेल्ने घोषणा गरेका नायक आर्यन सिग्देलले दयाराम दाहाल निर्देशित चलचित्र दबाबमा केही समयअघि अभिनय गरेका थिए। भानु महर्जन निर्मित यो चलचित्रको शुक्रबारबाट देशव्यापी रिलिज भयो। दबाबले राम्रो व्यापार गर्ने आशा निर्माण पक्षको थियो। तर निर्माण पक्षले सोचेअनुसारको व्यापार दबाबले गर्न सकेन।रिलिज भएको पहिलो दिन शुक्रबार देशव्यापी रूपमै दबाबको व्यापार मध्यम रहेको हल सञ्चालकहरूले बताएका छन्। अझ काठमाडौंका कलंकी, गंगा, गोपीकृष्णलगायतका सिनेमा हलमा त यो चलचित्रले अर्को बाल चलचित्र ‘नोथिङ इम्पोसिबल’कै हाराहारीमा व्यापार गरेको सम्बन्धित हल सञ्चालकहरूले बताएका छन्।
नीता ढुंगाना र आर्यनले दबाबमा मुख्य भूमिका निर्वाह गरेका छन्। आर्यन संग अभिनय गर्दा आफू पनि सफल हुने विश्वास नीताको थियो। तर दबाबले आशातीत व्यापार नगरेपछि नीताको पनि आशा मरेको छ।

नायक आर्यन सिग्देलमाथि चलचित्र निर्माताको आशा टिकेको थियो। तर उनको एकपछि अर्को गर्दै धमाधम सिनेमा असफल भइरहेका छन्। जसका कारण उनलाई आफ्नो चलचित्रमा नायकको रूपमा लिएका निर्माताहरूमा अहिले चिन्ता बढेको छ। सिग्देलले छविराज ओझा निर्मित चलचित्र ‘लोफर’,सुदर्शन थापा निर्देशित चलचित्र ‘मधुमास’ र नवल नेपाल निर्मित महसुसमा काम गरेका छन्। जसमध्ये ‘महसुस’ साउन ३२ मा र लोफर आउदो दसैंमा रिलिज हुँदैछ। लोफरले गर्ने व्यापार पछि बल्ल उनको स्टारको महत्व प्रष्टिनेछ। यसरी एकपछि अर्को गर्दै आफूले अभिनय गरेका चलचित्र असफल भएपछि नायक सिग्देल चलचित्र निर्माणमा लाग्ने भएका छन्। उनले निर्माण गर्ने चलचित्र ‘नोभेम्बर रेन’ कस्तो बन्ने हो, त्यो भने हेर्न बाकी छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.