फिल्म निर्देशकका रुपमा करियर सुरु गर्दै शाहरुखका छोरा आर्यन


एजेन्सी ।बलिउडका अभिनेता शाहरुख खानका छोरा आर्यन खान निर्देशनमा डेब्यु गर्दैछन् ।उनले आफ्नो डेब्यु लेखन प्रोजेक्टलाई टुङ्ग्याएको घोषण गरेका छन् ।

उनले सामाजिक सञ्जालमा स्क्रिप्टको तस्बिर पोस्ट गर्दै स्क्रिप्ट तयार भएको जानकारी दिए । भारतिय मिडियाका अनुसार ,उनले यस प्रोजेक्टमार्फत फिल्म निर्देशनमा आफ्नो करियरको सुरुवात गर्ने छन् । स्क्रिप्टको तस्बिर पोस्ट शेयर गर्दै उनले लेखे, ‘लेखन समाप्त भयो सुटिङ सुरु हुनेको प्रतिक्षा गर्न सक्दिन’। फिल्म रेड चिलीज प्रोडक्शनको ब्यानरमा तयार हुन लागेको हो । हाल उनले कुन फिल्ममा काम गर्न लागेको हो त्यो भने रिभिल गरेका छैनन् ।