पर्दामा महिलालाई राम्रोसँग चित्रण गर्नु मेरो लक्ष्य हो: भुमि पेडनेकर


एजेन्सी। बदाई दो र रक्षा बन्धन पछि भूमि पेडनेकरको नयाँ फिल्म ‘गोविन्द नाम मेरा” रिलिजको तयारीमा छ। आगामी दिनहरुमा पेडनेकर विक्की कौशल र कियारा आडवाणी अभिनीत फिल्म भिड, भक्त, द लेडी किलर, आफ्वाह, मेरे पति की बीवी, मा देखिनेछिन्। उनले निर्वाह गर्ने भुमिकामा बलियो इच्छाशक्ति भएका महिलाहरूका चित्रण गरीएको हुन्छ । अभिनेत्रीले दम लगा के हैशा मा आफ्नो शरीरको आकारमा सहज हुने महिलादेखि लिएर सान्ढ की आंख मा एक वृद्ध शार्पसुटरको भूमिका निर्वाह गरेका थिए।

पेडनेकर भन्छिन्,‘भूमिकाहरू उनको मूल्यमान्यताको विस्तार हुन्। यस्ता विविध विषयहरूमा महिलाहरूको विभिन्न रंगहरू खेल्न पाउनु एक अद्भुत अनुभव हो। मैले अभिनयमा डेब्यु गरेदेखि नै महत्वाकांक्षा, चाहना र शक्ति भएका पात्रहरू खेल्ने चुनौतीलाई सहेको छु। मेरो आगामी चलचित्र छनौटहरू र मैले खेल्ने पात्रहरू मेरो विश्वास प्रणालीको प्रतिबिम्ब हुन्। पर्दामा महिलालाई राम्रोसँग चित्रण गर्नु मेरो लक्ष्य हो। आज देशका शीर्ष चलचित्र निर्माताहरूले मलाई फरक प्रस्तुति दिने अभिनेत्री भनेर चिनेकोमा धेरै खुसी छु ।”

उनी थप्छिन्, आज हिन्दी फिल्म उद्योगमा सबैभन्दा प्रभावशाली अभिनेत्रीहरू मध्ये एक हुन पाउँदा अचम्म लाग्छ। मलाई गर्व छ कि म आफ्नो कडा परिश्रम र दृढ संकल्पले यहाँसम्म पुग्न सकेको छु। पूर्ण रूपमा बाहिरी भएकोले, यात्रामा केहीे समय लाग्यो, तर मलाई कुनै पछुतो छैन। ”