लक्ष्मण सुवेदी ‘एउटा साथी’ लिएर आउने भए


euta sathi
(सेलिब्रेटी नेपाल) १ साउन-शलोन फिल्मसको २८ औ प्रस्तुती ‘एउटा साथी’ मार्फत रंग पत्रकार लक्ष्मण सुवेदी निर्देशक बन्ने भएका छन्। निर्देशक सुवेदीले आफ्नो रंग पत्रकारिता यात्रामा सिकेको सिप, अनुभवका आधारमा चलचित्र तयार पार्ने बताएका छन्।’एउटा साथी’मा निर्देशक शोभित बस्नेतका पुत्र शलोन बस्नेत, रिस्ता बस्नेत, जीवन गुरुङ र शिशिर भण्डारी मुख्य भुमिकामा प्रस्तुत हुँदैछन्। चलचित्र शंकर पंगेनीले लेखेका हुन्। टेक बुढाथोकी संगीत एवम् शंकर अधिकारी घायलको शब्द रचना रहने चलचित्र यही भदौको दोस्रो साताबाट फ्लोरमा जाँदैछ। चलचित्रका लागि एक नायिका र केही कलाकारको खोजी भइरहेको निर्माणपक्षले जानकारी दिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.