मेलिनाको ‘तिमी र म’ बोलको गीत सार्वजनिक


काठमाडौं । गायिका मेलिना राई र सुरेन बिसीको स्वर रहेको नयाँ गीत ‘तिमी र म’ सार्वजनिक भएको छ । स्याड भर्सनमा तयार गीतमा शब्द तथा संगीत गायक बिसीको सुन्न सकिन्छ । गीतको एरेन्ज सनिरले र मिक्सिंग कृष्ण कुमार महर्जनले गरेका हुन् ।

गीतको भिडियोमा उषा उप्रेती र सुजन खतिवडाको अभिनय देख्न सकिन्छ । युवराज वाइवाले निर्देशन गरेको भिडियोमा प्रेम पिडा देखाउन खोजिएको छ । भारत रेग्मीको सम्पादन, निसल पौडेलको छायांकन रहेका दर्शक स्रोताले रुचाउनेमा आफू विस्वस्त रहेको गायिका मेलिना राईले बताइन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.