बलिउड अभिनेता विवेक ओबरोय भ्रमणका लागि नेपाल आउने


काठमाडौं । बलिउड अभिनेता विवेक ओबरोय नेपाल भ्रमणका लागि आउने भएका छन् । उनी १४ डिसेम्बरमा आफ्नो परिवारसहित नेपाल आउने भएका हुन् ।

उनले एकसाता नेपाल बस्ने गरेर नेपाल आउन लागेको जानकारी एक भिडियो सन्देश मार्फत दिएका छन् । सपरिवार नेपाल भ्रमणमा आउन लागेका उनले लुम्बिनीमा आयोजना हुने मिट एण्ड ग्रीट कार्यक्रममा भाग लिनेछन् ।त्यसपछि ,सगरमाथाको बेसक्याम्प, पोखरा, काठमाडौंको पशुपति भ्रमण गर्ने उनको योजना छ ।

विवेक चर्चित बलिउड अभिनेता हुन् । उनले तेलुगु, मललायम, कन्नड लगायत थुप्रै फिल्म अभिनय गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.