चलचित्र ‘चि मुसी चि’को मोसन पोस्टर सार्वजनिक



काठमाडौँ। आगामी पौष २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङको मोसन पोस्टर सार्वजनिक गरिएको छ । यसअघि पौष १५ गते रिलिज हुने भनिएको सिनेमा एक हप्ता पोस्टपोन्ड भएको जानकारी निर्माण टिमले दिएको हो ।

अहिलेको अवस्थामा दुई राम्रो नेपाली सिनेमा एकै मितिमा जुधाउनु भन्दा एक हप्तापछि शोलो रिलिज गर्नु उपयुक्त लागेको निर्माता अरुण चक्रावतर्तीले बताए । हामी बलिउड र हलिउड सिनेमासँग भागेर नेपाली सिनेमा एकक आपसमा जुधाउने परम्परालाई तोड्ने हेतुले चि मुसी चि पौष २२ गते रिलिज गर्न लागेको निर्माता चक्रावर्ती भनाई छ ।

एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको हरर थ्रिलर जनराको सिनेमाको सिनेमाको सार्वजनिक मोसन पोस्टरमा सिनेमाका मुख्य कलाकार प्रिंयका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारलाई समावेश गरिएको छ । मोसन पोस्टरको पाश्र्व संगीतले दर्शकमाझ उत्सुकता र डर पैदा गर्ने देखिन्छ ।

सिनेमाले नेपालमा हरर तथा थ्रिलरको ट्रेण्ड स्थापित गर्ने निर्माण टिमको विश्वास छ । सिनेमाको निर्देशन मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन् । सिनेमा नेपाली र बलिउड प्राविधिकको समिश्रणमा निर्माण भएकाले पनि केही फरक र नयाँपन दर्शकले महसुस गर्न पाउने छन् । सिनेमामा रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रावर्ती लगानी गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.